नियम
राहदानीको वाहिरी पृष्ठको रङ्ग

(१) नियम ५ बमोजिम जारी गरिने राहदानीको बाहिरी पृष्ठको रङ्ग देहाय बमोजिम हुनेछः–

(क) कूटनीतिक राहदानी रातो सिम्रिक रङ्ग,

(ख) विशेष राहदानी नीलो आकाशे रङ्ग,

(ग) साधारण राहदानी हरियो रङ्ग ।

(२) राहदानीको बाहिरी पृष्ठमा जुन प्रकारको राहदानी हो सोको पहिचान गराउने विवरण र नेपाल सरकारको निशाना छाप छापिएको हुनेछ ।